News

चुनाव जित्ने वित्तिकै ओली किन पुगे रसुवागढी ?

चुनाव जित्ने वित्तिकै ओली किन पुगे रसुवागढी ?

काठमाडौं । वाम विजयको बधाई थापिसक्न नपाउँदै एमाले अध्यक्ष केपी ओलीको रसुवागढी भ्रमण अर्थपूर्ण रह्यो ।

मंगलबार बिहान चार वटा हेलिकोप्टरमा महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङसहित २४ नेता लिएर चिनियाँ नाका पुगेका ओलीले यो उत्तरी ढोकालाई नेपाल(चीन आयात(निर्यातको मुख्यमार्ग बनाउने मात्रै बताएनन्, अब देश विकासको ढोकासमेत बनाइछाड्ने उद्घोष गरे ।

उनले रसुवागढीको महत्व नबुझ्दा नेपाल आर्थिक रूपमा पछाडि परेको तर्क दिए । अनि राष्ट्रिय विभूति भृकुटी हिँडेको यो नाकामार्फत नेपाल-चीन साइनो ‘अझै विश्वसनीय बनाउने’ सन्देश पनि प्रवाह गरे । चीनले यो नाकालाई सेप्टेम्बर १ तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएपछि दुवै देशको राजनीतिक नेतृत्वमध्ये ओलीको यो सबैभन्दा उच्च तहको भ्रमण हो ।

ओलीको भनाइमा, अब बन्ने कम्युनिस्ट सरकारले चीनको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौं-लुम्बिनी रेलमार्ग बनाउनेछ । उनले यसलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा प्रयोग गर्दै काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गरिने बताए । आजको अन्नपूर्णमा खबर छ ।

विशेष