News

विद्यासुन्दरले कर्मचारीलाई काम दिनै सकेनन्, घाम तापेरै दिन विताउँछन्

विद्यासुन्दरले कर्मचारीलाई काम दिनै सकेनन्, घाम तापेरै दिन विताउँछन्

काठमाडौं । महानगरपालिकामा समायोजन भएर आएका कर्मचारी काम नपाएर घाम तापेर दिन बिताउँछन्।

तर दार्चुलाका स्थानीय तहका १२ वटा वडावासीले सचिवको मुख देख्न नपाएको एक वर्ष भयो । दुई वटासम्म वडाको जिम्मेवारी सम्हालेका दार्चुलाका सचिवलाई स्थानीयका काम गर्न भ्याइनभ्याइ छ। काठमाडौं महानगरपालिकामा केन्द्रबाट काजमा खटिएर आएका २४ जना विभिन्न तहका कर्मचारी बागदरबारमा घाम तापेर बस्छन्।

केन्द्र सरकारले जबर्जस्ती काजमा खटाएका ती कर्मचारीले न कुनै काम पाएका छन् न बस्ने ठाउँ नै। मौजुदा कर्मचारीबाटै कार्यसम्पादन भइरहेको काठमाडौं महानगरपालिकाको लेखाफाँटका लागि उपसचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी काजमा आएका छन्। काजमा आएका कतिपय कर्मचारी सोर्सका भरमा सुगम मानिएका नगरपालिका रोजेर आएका हुन्।

जिल्लाका शिक्ष, कृष्,ि स्वास्थ्य, मालपोत र पशु कार्यालयबाट समायोजन भएर आएका कर्मचारीले आफूले सम्पादन गर्दै आएको कामको पूर्वाधारसमेत लिएर स्थानीय तहमा जानुपर्ने व्यवस्था छ। तर उनीहरू समायोजन भएर आएको विषयगत कार्यालयबाट पूर्वाधार नलिई आएका कारण स्थानीय तहले काम लगाउन सकेको छैन। आजको राजधानी दैनिकमा खबर छ । 

विशेष