News

रहिनन् नायिका जल शाहकी आमा प्रेमा शाह

रहिनन् नायिका जल शाहकी आमा प्रेमा शाह

काठमाडौं । साहित्यकार प्रेमा शाहको निधन भएको छ। अमेरिका रहँदै आएकी शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो।

उनका कथा संग्रहहरु पहेँलो गुलाफ, विषयान्तरु प्रकाशित छन्। मम्मी उपन्यास उनको एकल हो भने संयुक्त लेखन रहेको आकाश विभाजित छ का लागि पनि उनले कलम चलाइन् । उनका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ । नारी सञ्चेतना र विसंगत पक्षलाई पनि उनले कथामार्फत उजागर गरेकी छिन् । शाहले २०४५ सालको मैनाली कथा पुरस्कारुसमेत प्राप्त गरेकी छिन् । उनी नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा हुन् ।

विशेष