News

गाँउलेबीच झडप ८ गम्भिर घाइते

गाँउलेबीच झडप ८ गम्भिर घाइते

बाजुरा । गौमूल गाउँपालिका–४ साविकको मानाकोटमा बुधबार राति स्थानीय भूवापर्वमा गाउँलेहरुबीच भएको झडपमा ८ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ ।

गौमूल गाउँपालिका–४ साविकको मानाकोटमा बुधबार राति स्थानीय भूवापर्वमा गाउँलेहरुबीच भएको झडपमा ८ जना गम्भिर घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ।

घाइते हुनेहरुमा मानाकोट घोगालाका १४ वर्षीय रमेश रोकाया, ४० वर्षका देबे कामी, ४५ वर्षीय मन कामी, वर्ष २७ का मंगल बिक, बिर्के कामी ५५, अशबहादुर कामी ४५, भिके बिक ६० र ४२ वर्षीय नरेन्द्र रोकाया रहेका छन्। आफूहरुमाथि धारिलो हतियार र ढुङ्गा, लाठी प्रहार भएको घाइतेहरुले बताए।

विशेष