News

डा. उपेन्द्र देवकोटाकाे अवस्था झनै गम्भिर

डा. उपेन्द्र देवकोटाकाे अवस्था झनै गम्भिर

काठमाडौं । नेपालका वरिष्ठ नसा रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

न्युरो सम्बन्धी उपचारमा अन्तर्राष्ट्रियस्तरमा नै ख्याति कमाएका डा देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित पारिवारिक स्रोतले बतायो । अहिले बेलायतको लन्डनमा उनको उपचार भइरहेको छ ।

पछिल्लो समय शारीरिक तौल घट्दै गएपछि आशंका लागेर देवकोटाले बायोस्पी गराएका थिए । बायोस्पी परीक्षणमा क्यान्सर देखिएपछि देवकोटा उपचारका लागि लन्डन पुगेको पारिवारीक स्रोतले जनाएको छ ।

केही दिनभित्रै लन्डनबाट उनको स्वास्थ्य अवस्थाबारे जानकारी आउने पारिवारिक स्रोतले जनाएको छ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा डा देवकोटा आफ्नो गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा खुलेर मत माग्दै हिडेका थिए ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी केही महिना स्वास्थ्यमन्त्री समेत बनेका थिए ।

विशेष