News

रञ्जुद्वारा विद्यासुन्दरको कार्यशैलीप्रति असन्तुष्टि, यसो भन्छिन्

रञ्जुद्वारा विद्यासुन्दरको कार्यशैलीप्रति असन्तुष्टि, यसो भन्छिन्

काठमाडौं । काठमाडौं महानगरपालिकाकी पराजित मेयर उम्मेदवार रञ्जु दर्शनाले रानीपोखरी पुनर्निर्माणको खाकामा आपत्ति जनाएकी छिन् ।

पुरानै ढाँचामा रानीपोखरी पुनर्निर्माण गर्नु पर्ने उनको जोड छ । रञ्जुले हालै मात्र महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरेर यस विषयमा कुराकानी गरेको  बताइन् ।

‘पुरातात्विक सम्पदालाई आधुनिकीकरण गर्ने नाममा विकृत बनाउन हुँदैन,’ उनले भनिन् । उनले मेयरसामू रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउन थालिएको, वाटर फाउन्टेनदेखि कफीसपसम्म राख्न लागिएकोमा आपत्ति जनाएकी थिइन् । जवाफमा मेयर शाक्यले पर्यटकहरुको मनोरञ्जन र सुविधाको लागि रानीपोखरीलाई आधुनिकीकरण गर्नु आवश्यक भएको बताएका छन् ।

विशेष