कार्य सम्पादन गर्दा आचारसंहिता पालना गर्नुपर्छः प्रधानन्यायधीश
काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कानून कार्यान्वयन गर्ने निकायले कार्य सम्पादन गर्दा आचारसंहिता पालना गर्नुपर्ने बताएका छन् ।
महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायधीश पराजुलीले पक्राउ परेका व्यक्तिलाई अनुसन्धानको प्रारम्भिक चरणमै सार्वजनिक गर्नु अचारसंहिताविपरीत हुने बताए ।
प्रधानन्यायाधीश पराजुलीले भने, “कसैको बहादुरी देखाउन वा कसैले पुरस्कार थाप्नका लागि कुनै मानिसलाई पक्रने होइन कि यथेष्ठ प्रमाण जुटाई अभियोजन थालिए अनुसन्धानमा सभ्यताको अगुवाई हुन्छ ।”
प्रधानन्यायाधीश पराजुलीले संसद्बाट जारी भएको मुलुकी अपराध ९संहिता० ऐन र फौजदारी कार्यविधि ९संहिता० ऐनले अपराधको दण्ड सजाँयको व्यवस्थापनमा नवीनतम् अवधारणा ल्याएको बताए ।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सरकारलाई कानूनी सल्लाह दिन तथा सरकारका हकहितका मुद्दामा महान्यायाधिवक्ताको कार्यालयको ठूलो महत्व रहेको बताए ।
महान्यायाधिवक्ता वसन्तराम भण्डारीले फौजदारी कानूनको कार्यान्वयन देशको शान्ति सुव्यवस्था कायम गर्न, विधिको शासनलाई मजबुत गर्न र दण्डहिनतालाई अन्त्य गरी मुलुकलाई समृद्धितर्फ डोर्याउने विषयसँग सम्बन्धित भएको बताए ।