थिमिमा बम भटियो, सेनाको टोलीद्वारा डिस्पोज
भक्तपुर । मध्यपुरथिमि नगरपालिका– ४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
आज बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र खतरा लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो ।
स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चार घण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोज गरेको हो । स्थानीयलाई आतंकित पार्ने प्रयासस्वरुप विद्यालयको पछाडि पाखोमा विस्फोटक पदार्थ राखिएको पाइएको प्रहरीले जनाइएको छ ।
bomb