एमालेले भन्याे वामदेव हारको छानबिन सम्बन्धी बनेकै छैन

एमालेले भन्याे वामदेव हारको छानबिन सम्बन्धी बनेकै छैन


काठमाडौं । ‘मलाई हराउन अन्र्तघात भएको छ तथ्य–प्रमाण जुटिसकेपछि सबै कुरा बाहिर आउछ ।’ चुनाव हारे लगत्तै एमाले उपाध्यक्ष वामदेव गौतमले भनेका थिए । उनकै भनाईका आधारमा गौतम हारको कारण पत्ता लगाउन दुईवटा छानविन समिति बनेका छन् । एउटा जिल्ला स्तरीय अर्को प्रदेश स्तरीय । तर दुईटै समितिका विषयमा भने पार्टी भने बेखबर रहेको छ । उपमहासचिव तथा ५ नम्बर प्रदेशका संयोजक विष्णु पौडेलको एकल निर्णयमा गत शनिबार तीन सदस्यीय प्रदेशस्तरीय छानबिन समिति बनेको हो ।

त्यसअघि जिल्लास्तरीय अर्को समिति बनि सकेको थियो । पौडेलको निर्देशनमा वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ थारूको नेतृत्वमा ५ नम्बर प्रदेश सचिव भूमिश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराई सदस्य छन् । त्यस्तै, वाम गठबन्धन बर्दियाका तर्फबाट एमाले बर्दिया जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवाली संयोजक रहेको जिल्लास्तरीय अर्को छानबिन समिति पनि बनेको छ । सो समितिमा माओवादी केन्द्रका तर्फबाट भुवन थारू सदस्य छन् ।

तर दुईवटा समितिका विषयमा पार्टीलाई भने जानकारी छैन । एमालेका एक उच्च नेताले पार्टीले कुनै छानविन समिति गठन नगरेको नेपालपाटीलाई जानकारी दिए । ती नेताले भने ‘छानविन समितिका विषयमा पार्टीमा कुनै छलफल पनि भएको छैन पार्टीले छानविन समिति पनि गठन गरेको छैन । ककसको निर्देशनमा छानविन समिति कहाँ बने त्यसबाट आउने नतिजाको पनि उसले जिम्मेवारी लेलान ।’

उपमहासचिव विष्णु पौडेलले भने दुइवटै छानविन समितिलाई छिटोभन्दा छिटो पराजयको कारणबारे सत्य–तथ्य छानबिन गर्ने जिम्मा दिइएको बताए । उनले पार्टीको बैठक बसेर छानविन समिति बनाउन नपर्ने त्यसको अधिकार प्रदेश र स्थानिय तहमा रहेको पनि बताए । समितिलाई छिटोभन्दा छिटो सत्य–तथ्य पत्ता लगाई गल्ती गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ, पौडेलले भने, ‘समितिले प्रतिवेदन बुझाइसकेपछि वास्तविकता बाहिर आउनेछ ।’

संम्बधित खबर

विशेष