News

चिसो अझै बढ्ने, यस्तो छ कारण

चिसो अझै बढ्ने, यस्तो छ कारण

काठमाडौं। देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमी वायुको प्रभावले एकदुई दिनपछि तराईमा शीतलहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंमा केही दिन यता न्यूनतम तापक्रम बढिरहेको छ तर अधिकतम तापक्रम कम भएका कारण चिसो महसुस भएको हो । एकदुई दिनमा अधिकतम तापक्रम घट्न सक्ने मौसमविद पोखरेलले जनाइन् ।

बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिगी सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।

विशेष