News

रहेनन् वरिष्ठ संगीतकार चन्द्रराज शर्मा

रहेनन् वरिष्ठ संगीतकार चन्द्रराज शर्मा


काठमाडौं । वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन भएको छ । बुधबार बिहान आठबजेतिर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शर्माको निधन भएको हो । नेपाली संगीत क्षेत्रमा कयौँ कालजयी गीतमा शर्माले संगीत भर्नु भएको थियो । शर्माले संगीत भर्नु भएको गीतहरुमा ‘मनमा माया तनमा माया।,’ सुनौला घाम झुल्केन, नदीका दुई किनारा, चर्चित छन् ।

यस्तै, चलचित्र कुमारीको ‘आँखाहरुले रुन नखोजे’, चलचित्र भानुभक्तको चपला अबला एक सुरमा, चलचित्र जीवनज्योतिको ‘मेरो माल मलाइ फर्काईदे बाबु र मुनामदनको ‘ए मेरी मुना नभन तेसो जुनमा फुलेकी’ मा पनि शर्माको संगीत संयोजन छ ।

शर्माले नै संगीत भर्नु भएको मीरा राणाको ‘तिम्रो आकाशमा जुन’ माणिकरत्नको ‘तिमी आफूलाई’ सुदेश शर्मा र संगीता रानाको ‘मोतिका दाना’ पनि चर्चित छन् ।

शर्माको शव श्रद्धाञ्जलिका बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पशुपति आर्यघाटमा राखिने परिवारजनले जानकारी दिएका छन् ।

विशेष