विदेश

अंगालो मार्दा विद्यालयबाटै निष्कासित

अंगालो मार्दा विद्यालयबाटै निष्कासित


एजेन्सी । केरलाको सेन्ट टोमस सेन्ट्रल स्कुलमा भएको प्रतियोगितामा १५ वर्षीया किशोरीले गीत गाएपछि उनले कस्तो लाग्यो भनेर १६ वर्षीय किशोरलाई सोधेकी थिइन्।

त्यसको जवाफमा ती किशोरले उनलाई अंगालो मारेर उनको प्रस्तुती निकै राम्रो भएको भन्दै बधाई दिएका थिए । आफ्नो तस्वीर खिच्न नचाहेकी ती किशोरीले बीबीसीसँग बोल्दै भनिन्, हामीले १–२ सेकेन्डका लागि मात्रै अंगालो मारेका थियौं।

त्यहाँ वरिपरि धेरै विद्यार्थी र शिक्षकहरु थिए र मलाई केही गल्ती भयोरे जस्तो महसुस पनि भएन।  एकजना शिक्षकले त्यसबारे प्रधानाध्यापकलाई उजुरी गरेको बताइएको छ । ती किशोरीको भनाईमा सबै विवाद त्यहीँबाट शुरु भयो ।

त्यसको अर्को दिन जुलाई २२ तारिखमा ती दुई जना नै अनिश्चित समयका लागि विद्यालयबाट निलम्बनमा परे । त्यसको चार महिनापछि गत नोभेम्बर २२ तारिखमा ती किशोरलाई विद्यालयबाट निष्कासित गरियो । निष्कासित गरिएका विद्यार्थीको नाम सञ्चारमाध्यममा आएका छैनन्।

विद्यालयका प्रधानाध्यापक सेबास्टियन टि जोसेफले बीबीसीसँग बोल्दै भने, विद्यालय भनेको बालबालिका सुधार गर्ने ठाउँ पनि हो । हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएन । ती किशोरले भने आफूले तत्कालै माफी मागेको बताएका छन् ।

विशेष