विदेश

प्रहरी प्रमुख कार्यालयमा आत्मघाती आक्रमण, छ अधिकारी मारिए

प्रहरी प्रमुख कार्यालयमा आत्मघाती आक्रमण, छ अधिकारी मारिए

कान्दाहार । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित प्रहरी प्रमुख कार्यालयमा शुक्रबार भएको आत्मघाती आक्रमणमा परी छ प्रहरी अधिकारीको मारिएका छन् भने सो आक्रमणमा परी अन्य चार प्रहरी अधिकारी घाइते भएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार सो कुराको जानकारी दिएका हो । कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता घोरजाङ आफ्रिदीले यस आक्रमणमा छ अधिकारी मारिनुको साथै अन्य चार घाइते भएका जानकारी दिएका छन् ।

प्रहरी प्रमुख कार्यालयमा भएको आक्रमणको जिम्मा तालिवान आतङ्ककारी समूहले लिएको छ । अफगानिस्तानमा हालका दिनहरुमा अफगान सुरक्षा अधिकारीहरुलाई लक्ष्यगरी तालिवान आतङ्ककारी समूहले आक्रमण गर्ने गरेका छन् । यस आक्रमणमा परेका ती सबैजना स्थानीय प्रहरी भएको आफ्रिदीले एएफपी समाचार समितिलाई जानकारी दिए ।

विस्फोटन भीषण भएको र विस्फोटनको आवाज प्रहरी प्रमुख कार्यालयकबाट निकै टाढासम्म सुनिएको एक स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई नाम नबताउने शर्तमा बताएका छन् । ती प्रहरी अधिकारीका अनुसार सो आक्रमणबाट भत्किएको भवनको भग्नावशेषबाट आठ प्रहरीको शव तानेर निकालेको र अन्य तीन प्रहरी बेपत्ता रहेका छन् ।

अफगानिस्तामा करिब १६ बर्ष यतादेखि तालिवान आतङ्ककारी समूहले हिंसा जारी राखेको छ । उनीहरुले द्वन्द्वको क्रममा प्रहरी र सैनिक निरुउत्साहित गर्नको लागि सुरक्षाबल माथि आक्रमण गर्दै आएका छन् ।

विशेष