News

सामाजिक सुरक्षा कोषः सरकारी बेवास्ताले १६ अर्ब ८६ करोड अलपत्र

सामाजिक सुरक्षा कोषः सरकारी बेवास्ताले १६ अर्ब ८६ करोड अलपत्र

काठमाडौं । सामाजिक सुरक्षा कोषका नाममा नागरिकबाट उठाइएको १६ अर्ब ६८ करोड रुपैयाँ अलपत्र परेको छ । कोषका नाममा सरकारले आठ वर्ष अघिदेखि उठाउँदै आएको एक प्रतिशत करको रकम कहिले कानुन त कहिले कार्यविधि अभावका कारण प्रयोगबिनै थन्किँदै आएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको सन् १९५२ को सामाजिक सुरक्षासम्बन्धी अभिसन्धि १०२ सँग मिल्दोजुल्दो हुने गरी सामाजिक सुरक्षा क्षेत्रमा विभिन्न योजना सञ्चालन गर्न सरकारले २०६६ सालदेखि सर्वसाधारण नागरिकको पारिश्रमिकबाट एक प्रतिशत कर उठाउन सुरु गरेको थियो ।

तर, सरकारले कोष सञ्चालनसम्बन्धी नियमावली र कार्यविधि नबनाएका कारण कोषमा थुप्रिएको रकम सरोकारवालाले प्रयोग गर्न पाएका छैनन् । सर्वसाधारणको पहुचबाहिर रहेको सो रकम अन्यत्र लगानीसमेत भएको छैन । आजको राजधानीमा खबर छ ।

विशेष