विदेश

राष्ट्रसंघमा अमेरिकाको अपमानपूर्ण हार

राष्ट्रसंघमा अमेरिकाको अपमानपूर्ण हार

काठमाडौँ । संयुक्त राष्ट्रसंघ महासभामा जेरुसेलमलाई इजरायलको एकलौटी राजधानी ठहर गर्दै अमेरिकाले लिएको निर्णयलाई असम्मान र अवज्ञापूर्ण तरिकाले सदस्य राष्ट्रहरुले अस्वीकार गरेका छन्।

राष्ट्रसंघमा बिहीबार अपराह्न भएको मतदानमा १२८ राष्ट्रले अमेरिकी प्रस्तावको विपक्षमा र ९ राष्ट्रले पक्षमा मतदान गरे भने ३५ राष्ट्रले मतदानमा भाग लिएनन्।

उक्त नतिजा अमेरिकाका लागि बाध्यात्मक नभए पनि विश्व समुदायले त्यसबारे आफ्नो स्पष्ट धारणा व्यक्त गरिसकेको छ। राष्ट्रपति ट्रम्पले यो प्रस्तावको विरोध गर्ने मुलुकहरुलाई सहयोग कटौतीको धम्की दिएका छन्।

त्यस्तै, राष्ट्र संघमा अमेरिकी प्रतिनिधि निक हेलीले अमेरिकी प्रस्तावबिरुद्धको यो मतदानले कुनै अर्थ नरहने बताएकी छन्।

विशेष