News

लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

लोडसेडिङ हुँदैन : कुलमान घिसिङ


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक समस्याबाहेक कुनै पनि अवस्थामा विद्युत्भार कटौती नहुने स्पष्ट पारेको छ ।

विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा विद्युतभार कटौती हुने आशयका समाचार सार्वजनिक भएपछि प्राधिकरणले विद्युत भार कटौती नहुने प्रष्ट पारेको हो ।

हाल औद्योगिक ग्राहकलाई दैनिक ३ घण्टाबाहेक अन्य ग्राहकलाई घोषित–अघोषित रुपमा कुनै प्रकारको विद्युतभार कटौती नभएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राविधिक समस्याका कारण कहीँ कतै केही समय विद्युत् आपूर्तिमा अवरोध आएको भए पनि विद्यतभार कटौती नहुने बताए ।

विशेष