News

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काट्न थालियो

विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काट्न थालियो

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सेवाग्राहीको विद्युत् लाइन काट्न सुरु गरेको छ।

प्राधिकरण वितरण केन्द्र लहानले रु ५० हजारभन्दा बढी बक्यौता रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको हो। बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालिएको वितरण केन्द्र लहानका प्रमुख विष्णुदेव यादवले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा लामो समयदेखि बक्यौता नबुझाउने तीन फेजका २२० ग्राहकको विद्युत् लाइन काटिनेछ। ग्राहकबाट विद्युत् महशुलबापत रु ३ करोडभन्दा बढी बक्यौता रहेको केन्द्रले जनाएको छ। प्राधिकरण वितरण केन्द्र लहानमा ४५ हजार ग्राहक छन्।

विशेष