विदेश

१६ तालिवान लडाकू मारिए

१६ तालिवान लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको सुरक्षा फौजले चलाएको विषेश सुरक्षा कारबाहीमा परी १६ जना तालिवान लडाकूहरु मारिएका छन् । पुर्वी पाक्तिका प्रान्तमा रातभर भएको भिडन्तमा उनीहरु मारिएको स्थानीय प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

पाकिस्तानको सीमा क्षेत्रमा पर्ने गायान जिल्लामा भएको भिडन्तका क्रममा अरु ६ जना तालिवानी लडाकूहरुलाई नियन्त्रणमा लिइएको उनीहरुले बताएका छन् । प्रान्तीय प्रहरीका प्रवक्ता शाह मोहाम्मद अर्यानले जिल्लाको स्टैर गायान क्षेत्रबाट तालिवान लडाकूहरु लखेट्नका लागि सुरक्षा फौजले संयुक्त अभियान नै चलाएको जानकारी दिए ।

मारिनेमा गायान जिल्लामा कार्यरत तालिवानको छायाँ गभर्नर चाम्टो खान पनि रहेको उनले बताए । अफगान सुरक्षा फौजले देशभरका विभिन्न ठाँउमा तालिवान लडाकू र आईएस लडाकूका विरुद्धमा कडा सुरक्षा कारबाही चलाईरहेको छ ।

Afghanistan

विशेष