News

कालिकोट सदरमुकाममा अनिश्चितकालीन कर्फयु

कालिकोट सदरमुकाममा अनिश्चितकालीन कर्फयु

रत्न कार्की, कालिकोट । कालिकोट जिल्लामा म्यादी प्रहरी विवेक ऐडिको मृत्युलाई लिएर स्थिति तनावग्रस्त भएपछि कालीकोट जिल्ला प्रशासनले दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्म कर्फयु आदेश जारी गरेको छ ।

क्षेत्रीय प्रशासक सुरेश प्रधानको पहलमा आज भएको छलफलमा दोषीलाई कारवाही, मृतकलाई शहिद घोषणा र उचित क्षतिपूर्तिको माग सरकारसँग गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी मृतकका आफन्तले निर्णय कार्यान्वयन नभएसम्म शव भने नबुझ्ने भनेपछि शव जिल्ला प्रशासन कार्यालयमै रहेको छ ।

kalikot karpheu

विशेष