News

भरुवा बन्दुक सहित पक्राउ

भरुवा बन्दुक सहित पक्राउ

पाल्पा । पुर्वखोला गाउँपालिका–५ बस्ने ३४ बर्षीय गणेश कामुलाई प्रहरीले शुक्रबार एकनाले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।

प्रहरी चौकी तहुबाट गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार कामुलाई जंगलमा शिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

bharuwa banduk sahit pakrau

विशेष