News

न्युरोडमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

न्युरोडमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

काठमाडौं । काठमाडौको न्युरोडमा शुक्रबार मध्यराती भएको दुर्घटनामा दुई जना घाइते भएका छन्।

बा ८४ प ११२ नम्बरको मोटरसाईकल र बा ७६ प ५१६ नम्बरको अर्को काठमाडौको आपसमा ठोकिदा दुबै मोटरसाईकल चालक घाईते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ११२ नम्बरका चालक ललितपुर जुवागलका मिकेन मर्हजन, ५१६ नम्बरको मोटरसाइकल चाल्नाखेलका सुमन अधिकारी घाईते भएका हुन। घाईते दुबै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भईरहेको महानगरीय प्रहरी वृत जनसेवाले जनाएको छ।

विशेष