विदेश

पशुको आहारा खाने लालु जेलमा

पशुको आहारा खाने लालु जेलमा

पटना। बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई ‘देवघर चारा घोटाला’ प्रकरणमा भारतको सीबीआइ अदालतले शनिबार दोषी रहेको ठहर गरेको छ ।

सीबीआइको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई दोषी ठहर गरेपछि विहार प्रहरीले उनलाई पक्राउ गरी होटवार जेल चलान गरिएको छ ।

अदालतले बहुचर्चित देवघर चारा घोटालामा नेता यादवलाई दोषी प्रमाणित गरेपनि उनलाई कस्तो सजाय हुने भन्ने आगामी जनवरी ३ मा फैसला हुने बताएको छ ।

अदालतले उनीसहित अरु १५ जनालाई देवघर चारा घोटालामा दोषी ठहर्‍याएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । अदालत परिसरमा जम्मा भएका उनका कार्यकर्ता तथा समर्थकले केन्द्रीय सरकार तथा सत्तारुढ भारतीय जनता पार्टी बिजेपीविरुद्ध नाराबाजी गरेका थिए ।

सन् १९९० देखि १९९४ बीचमा देवघर कोषगारबाट पशुलाई उपलब्ध गराइने दानामा ८९ लाख २७ हजार भारतीय रुपैयाँ अवैध ढंगले निकालेको आरोप यादवमाथि लागेको थियो । त्यस समय उनी बिहारका मुख्यमन्त्री थिए । अहिले यस घोटालामा करिब ९ अर्ब ५० करोड भारतीय रुपैयाँ हिनामिना भएको सीबीआइले उल्लेख गरेको छ ।

सन् १९९७ अक्टोबर २७ मा सीबीआइले लालुसहित ३८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विशेष