यस्तो छ विश्व सुन्दरी मानुषीको फिटनेशको राज

यस्तो छ विश्व सुन्दरी मानुषीको फिटनेशको राज


एजेन्सी । हालै मात्र विश्व सुन्दरीको ताज पहिरिएकी मानुषी छिल्लर चिकित्सा शास्त्रकी विद्यार्थी हुन् ।

सुन्दर, आकर्षक र बुद्धिमान हुनुका साथै मानुषी एक कुशल नृत्यांगना पनि हुन् । भारतको हरियाणा राज्यमा जन्मेकी उनले आफ्नो सुन्दरता बाहेक स्वास्थ्यलाई पनि विशेष ध्यान दिने गर्छिन् । उनको बुझाई अनुसार मानिसको सुन्दरता नै सबै थोक होइन, स्वास्थ्यले सुन्दरता र व्यक्तित्वमा सबैभन्दा ठूलो भूमिका निर्वाह गर्छ । मानुषी भन्छिन्, ‘यदि स्वस्थ रहनु भएन भने तपाईंको सुन्दरतामा कमी आउँछ र आत्मविश्वास कम हुन जान्छ ।

त्यसैले स्वस्थ रहनका लागि विषेश ध्यान दिनुपर्छ ।’ विश्व सुन्दरीको ताज जित्नका लागि सुन्दरताका साथै स्वास्थ्यले पनि भूमिका निर्वाह गर्छ र आफू चिकित्सा क्षेत्रबाट जुडेकाले पनि फिट रहेको उनको भनाई छ । २० वर्षीया मानुषी फिट रहनका लागि के के गर्छिन् त ?

जानौँ उनको फिटनेस सिक्रेट 

विश्व सुन्दरी मानुषी हप्तामा ४ देखि ५ दिन जिम जान्छिन् । त्यस बाहेक उनी फ्रि रनिङ, प्ल्यांक्स, स्किपिंग, स्ट्रेचिग र कार्डियो वर्कआउट पनि गर्ने गर्छिन् ।

यि सब व्यायामले उनको शरीरलाई बलियो बनाउनुका साथै फ्लेक्जिबल पनि बनाई राख्छ । शरीरलाई सही पोश्चर र राम्रो मसल्शका लागि उनी योग पनि गर्छिन् । यसले उनलाई शक्ति प्राप्त हुनुका साथै सँधै तरोताजा राख्नमा मद्दत गर्छ । यि नियमितका व्यायामले उनलाई स्लिम बनाउनुका साथै फिट पनि राख्छ । त्यतिमात्र नभई मानुसीसँग अतिरिक्त समय भयो भने आफ्नो नृृत्य प्रैक्टिसलाई पनि निरन्तरता दिन्छिन्, जसले उनी अझ रिल्याक्स हुन्छिन् । यति धेरै व्यायामका लागि उनले आफ्नो खानपानमा पनि विशेष ध्यान दिने गरेकी छिन् । मानुषीले आफ्नो डाइटलाई ६ भागमा बाँटेकी छिन् । जुन प्रोटिन र फाइबरले भरिपूर्ण छ ।

उनले आफ्नो खानामा गुलियोलाई सकेसम्म टाँढै राख्छिन् । मानुषीले आफ्नो दिनको सुरुवात पानी वा कागती हालेको पानी पिएर गर्छिन् । विहानको खाजामा उनी ताजा दही वा फल, दाल, ओट्स वा ड्राई फ्रुट्स खाने गर्छिन् । त्यसैगरी उनले खानामा रोटी, भात, तरकारी र सलाद खाने गर्छिन् । यस्तै विभिन्न प्रकारका सलादको सौकिन मानुसी साँझको समय मौसमी तरकारीको सलाद खान रुचाउछिन् । त्यस बाहेक उनलाई सुप, ताजा फलको जुस पनि खान मन पर्छ । फिटनेशका साथै सुन्दर देखिन मानुसिलाई उनको प्रोटिनयुक्त खानाले पनि मद्दत गर्ने हुँदा उनी आफ्नो डाइटलाई लिएर सँधै सचेत रहन्छिन् ।

संम्बधित खबर

विशेष