विदेश

चीनमा १३ हजार वेभ साइट बन्द

चीनमा १३ हजार वेभ साइट बन्द

बेईजिङ  । चीनले अवैधानिक रुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाएको छ ।

चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिए ।  यो अवधिमा अरु २ हजार २ सय वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए ।     

इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।   

'यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो', वाङले भने । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ । सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ ।

विशेष