विदेश

यी हुन् भ्लादिभिर पुटिन विरुद्ध उम्मेदवारी दर्ता गराएका नेता, पुटिनलाई हराएरै छाड्ने

यी हुन् भ्लादिभिर पुटिन विरुद्ध उम्मेदवारी दर्ता गराएका नेता, पुटिनलाई हराएरै छाड्ने


मस्को । रसियाली राष्ट्रपतिको लागि आगामी मार्च हुने निर्वाचनमा रसियाली प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारीको घोषणा गर्दै उनले पुटिनलाई पराजित गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।  

राष्ट्रपतिको निर्वाचनमा पुटिनसँग सामना गर्न सक्षम रहेको भन्दै उनको उम्मेदवारीका लागि आइतबार देशैभर समर्थनमा उत्रेका रसियालीहरुलार्इ सम्बोधन गर्दै नाभाल्नीले भने, हामी जीत हात पार्न तयार छौँ र जित्नेछौँ ।   

रसियाको राजधानीस्थित मस्को नदीमा टेन्टमा जम्मा भएका सयौँ समर्थककाबीच नाभाल्नीले भने, म सम्पूर्ण रसियाको नेतृत्वका लागि राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिन यहाँ उभिइरहँदा निकै गौरवान्नित महशुस गरेको छु । म निकै खुशी छु ।   

हजारौँ रसियालीहरूले ४१ बर्षीय आकर्षक वकील नाभाल्नीलाई रसियाका विभिन्न बीस शहरमा भेटी राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्नबाट नरोक्न निर्वाचन अधिकारीहरू मार्फत जिम्मेवार उच्च निकाय तथा अधिकारीलाई दवाव सिर्जना गरेका छन् ।  

रसियाको केन्द्रिय निर्वाचन आयोगका दुई अधिकारी पनि मस्कोमा भएको उक्त कार्यक्रममा उपस्थित रहेको नाभाल्नीको अभियानका सदस्यले भने ।

विशेष