News

रामेछापका पूर्ववडा अध्यक्षकाे हत्या

रामेछापका पूर्ववडा अध्यक्षकाे हत्या

रामेछाप जिल्लामा पूर्ववडा अध्यक्षकाे हत्या भएकाे छ । अाइतबार राति रामेछापकाे साविककाे डडुवा गाविस २ का पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या भएको हो ।

दोरम्बा गाउँपालिका–१ डडुवा, थापा गाउँमा तामाङको शव हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको शव ढुंगाले थिचेर बाँस घारीमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । 

हत्या कसले गर्‍यो भन्ने खुलेको छैन । मृतक तामाङ आइतबार साँझ साथीहरुसँग तास खेल्न बसेका थिए । ४८ वर्षीय तामाङ २०५४ सालमा डडुवा गाविस २ नम्बर वडाको वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

घटनास्थलमा इन्स्पेक्टर राजेन्द्र थापाको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

Ramechhap

विशेष