News

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, तीन घाइते 

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, तीन घाइते 

स्याङ्जा । स्याङ्जाको वालिङमा सोमबार भएको नेपाली कांग्रेसको समीक्षा बैठकमा हात हालाहाल हुँदा तीन जना घाइते भएका छन् । समीक्षा बैठकमा अन्तर्घात भएको भन्ने विवाद चुलिएपछि हात हालाहालको अवस्था आएको हो ।

भेशराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका हुन् । घाइतेमध्ये अर्याल र ढकाललाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो । कांग्रेसको समीक्षा बैठकमा सभापति शेरबहादुर देउवा निकट रहेका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ पक्षले अर्को पक्षलाई निर्वाचनमा सहयोग नगेरेको आरोप लगाएपछि चर्किएको विवाद हात हालाहालसम्म पुगेको थियो ।

स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले मन्त्री श्रेष्ठले चुनाव हारेका थिए ।

विशेष