विदेश

क्रिसमस मनाउन जाँदै गरेका २० को मृत्यु, २४ गम्भीर घाइते

क्रिसमस मनाउन जाँदै गरेका २० को मृत्यु, २४ गम्भीर घाइते

मनिला । फलिपिन्समा क्रिसमसको अवसरमा सामूहिक प्रार्थना सभामा सहभागी हुन जान थालेका २० जनाको बस दुर्घटनामा परी मृत्यु भएको छ । 

प्राथनाका निम्ति गइरहेका एकै परिवारका सदस्य चढेको मिनीमा ठूलो बसले ठक्कर दिँदा उक्त घटना भएको हो । उक्त घटना राजधानी मनिलाबाट २ मिटरको दुरीमा भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जनाको ज्यान जानुको साथै ठूलो बसमा सवार १५ जना यात्रीसँगै मिनी बसका ९ जना गम्भीर घाइते भएको प्रहरीले जनाएइको छ ।

उनीहरु मनाओगमा सामूहिक प्रार्थना सभामा भाग लिन गइरहेको प्रहरीले जनाएको छ । क्याथोलिक धर्मावलम्बी बहुल्य रहेको फिलिपिन्समा ‘आवर लेडी अफ मनाओग चर्च’प्रमुख मानिन्छ ।

विशेष