News

सप्तरीमा धान उत्पादनमा कमी

सप्तरीमा धान उत्पादनमा कमी

सप्तरी । साउनको अन्तिम महिनामा आएको बाढीका कारण यस वर्ष सप्तरीमा खेत बगाउँदा धान उत्पादनमा कमी भएको छ ।

बाढी र पछिल्लो समय पानी तथा सिँचाइको अभावले गत वर्षको तुलनामा करिब ५ प्रतिशतले धान उत्पादनमा कमी आएको जल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएको र रोपिसकेपछि आएको बाढीका कारण उत्पादनमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले बताए ।

यस वर्ष सप्तरीमा १ लाख ४९ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यस वर्ष ५४ हजार ५०० हेक्टरमा धानबाली लगाइएको थियो । 

rice grain

विशेष