News

बजेट व्यवस्था कार्यान्वयन गर्न बीमा समितिलाई निर्देशन

बजेट व्यवस्था कार्यान्वयन गर्न बीमा समितिलाई निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले बीमा समितिलाई नेपालको पूनर्बीमा कम्पनीमा पूनर्बीमा गर्ने सम्बन्धी चाल् आर्थिक बर्षको बजेटमा रहेको व्यवस्था कार्यान्वयन गर्न भन्दै निर्देशन सहितको पत्र पठाएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७४—७५ को बजेटमा उल्लेख गरिएको पूनर्बीमा सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न भन्दै बीमा समितिलाई पत्र काटेको हो ।

आर्थिक वर्ष २०७४–७५ को बजेट बक्तव्यले नेपालमा सञ्चालित बीमा कम्पनीहरुले विदेशी पूनर्बीमा कम्नपनीहरुसँग पूनर्बीमा गराउँदा वर्षेनी ठूलो धनराशी विदेशिइरहेको तथ्यलाई मनन गरी नेपालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले बीमालेखको उल्लेख्य हिस्सा अनिवार्य रुपमा नेपाली पूनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

पूनर्बीमा सम्बन्धमा चालु आर्थिक बर्षको बजेटले गरेको व्यस्थालाई कार्यान्वयन गर्न भनी बिमा समितिलाई पत्र पठाएको अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले जानकारी दिनुभयो ।

Ministry Of Finance

विशेष