चोरी शिकार नियन्त्रणका लागि टोली परिचालन
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी शिकार नियन्त्रणका लागि आजदेखि विशेष फौजसहितको टोली परिचालन गरिएको छ ।
नियमित सुरक्षाका अतिरिक्त विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी र संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने छ । यसै महिनादेखि वर्षात् शुरु नभएसम्म विशेष फौज परिचालन हुने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए ।
chitwan national park