News

प्रधानमन्त्री देउवाले चितवन पुगेर गरे हात्ती महोत्सवको उद्घाटन

प्रधानमन्त्री देउवाले चितवन पुगेर गरे हात्ती महोत्सवको उद्घाटन

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ मंगलबारबाट सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मध्यान्ह १२ बजे महोत्सव उद्घाटन गरेका छन् ।

‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुन लागेको महोत्सव पुस १५ गतेसम्म चल्नेछ । यसले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने छ । महोत्सवमा विगतका वर्षहरुमा भन्दा कार्यक्रमहरु परिमार्जित गरिएका छन् ।

यसवर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृंगार प्रतियोगिता महोत्सवको आकर्षण रहेका छन् ।

त्यसैगरी हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टिङ प्रतियोगिता, हात्ती बाथिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम राखिएको छ ।

महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसँगै, हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा, छावाहरुको फुटबल प्रतियोगितामा १० वटा, हात्ती श्रृंगार प्रतियोगितामा ५ वटा, हात्ती पोलो प्रतियोगितामा ८ वटा, हात्ती पेन्टिङ प्रतियोगितामा ५ वटा, हात्ती बाथिङ कार्यक्रममा ५ वटा हात्तीलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।

विशेष