News भिडियो

उपमेयर खड्गी भन्छिन् : मेयरले नजिक हुन दिएनन् (भिडियो सहित)

मञ्जु मिश्र

उपमेयर खड्गी भन्छिन् : मेयरले नजिक हुन दिएनन् (भिडियो सहित)

काठमाडाै‌ । काठमाडौं महानगरपालीकाकी उपमेयर हरीप्रभा खड्गी यति बेला मेयर विद्यासुन्दर शाक्यको काममा हस्तक्षेप गरेकी छिन् । मेयर र उपमेयरबीच मतान्तर बढेपछि उपमेयर खड्गीले पुनर्निमाण चलिरहेको रानीपोखरीको गेटमा ताला लगाएर काठमाडौं महानगरपालिकाले गरेको काममाथि हस्तक्षेप गरेकी हुन् ।

मेयरसंग मतान्तर बढ्दै गएपछि मंगलबार आफ्ना केही सहयोगीहरुसंग रानी पोखरी पुगेकी खड्गीले प्रमुख द्वारमा ताला लगाएकी थिइन् । ताला लगाएपछि नेपालआजसँग कुराकानी गर्ने क्रममा भनिन् ‘मेयर भनेको महानगरपति हुन्, जनताको फैसलालाई मान्नै पर्छ । मेरो कदम पछाडि हट्ने छैन मेयर जनतासंगग झुक्नु पर्छ । माफी मागेर रानी पोखरीलाई पहिलाकै अवस्थामा पुर्ननिमाण गर्नै पर्छ यसको बिकल्पनै छैन ।’

पुर्खाले बनाएको ऐतिहासीक सम्पतिको संरक्षण गर्नु जनप्रतिनिधीको कर्तव्य हुने भन्दै उनले कर्मचारीभन्दा पनि मेयर र उपमेयरले झन ठूलो दायित्व निर्वाह गर्नु पर्ने बताइन् । उनले भनिन्, ‘रानी पोखरी पहिलादेखि जुन रुपमा थियो त्यही अवस्थामा पूर्ननिर्माण गर्नु पर्छ । मेयरले बुद्धी पुर्याए भने रानी पोखरी जस्ताको त्यस्तै हुन्छ ।’

मेयर र उपमेयरबीच किन मतान्तर बढेको भन्ने नेपालआजको प्रश्नमा उनले भनिन्, ‘म संधै अफिसमा हुन्छु । मसंग फोन पनि छ तर मेयरसाबसंग कहिलेपनि कुनैपनि कुरामा संवाद हुदैन् । उहाँ मलाई सम्पर्कनै गर्नुहुन्न अब मेयरले वास्ता नगरे पनि म जनताको काममा लागिरहन्छु । जुन कुरामा पनि मलाई बाईपास गर्न खोजेको मैले अनुभव गरेकी छु । कसरी स्वीकार्य हुन्छ मलाई ? मलाई पनि जनताले जिताएर पठाएका हन् । मैले उहाँसंग संचार गर्न कोशिश गरेकी हुं तर मेरो छेउमै पर्न चाहनु हुन्न ।’

उनले थपिन्, ‘धुलैधुलो भएको काठमाडौको विकास गर्न मेरो जतिकै खुल्ला मन मेयरको पनि चाहिन्छ तर उहाँ त एकदमै अर्कै खाले मान्छे हुनुहुँदो रहेछ ।’

निर्वाचन अगाडि गरेका प्रतिबद्धताहरु एउटै पूरा नभएको स्वीकार गर्दै उनले खास प्रतिबद्धताहरु नै नगरेको जिकिर गरिन । मेयरले नियम विपरित काम गरे जनतासँग सडकमा जाने उपमेयर खड्गीले बताइन् । उनले भनिन्, ‘सडकबाट आएको मान्छे हुं मेयर बिरुद्ध जनता सडकमा जान्छन भने मपनि सडकमा जान्छु मलाई कुनै आपत्ती हुनेछैन ।’

रानी पोखरीको पुर्ननिमाणको आफ्नो कदम प्रति नेपाली कांग्रेस सकरात्मक भएको जनाउदिँदै मेयरले आफ्नो कदममा कदम मिलाएर हिँड्न उनले सुझाव दिइन् । उनले थपिन्, ‘नेपाली कांग्रेसले विद्यासुन्दरलाई असहयोग गर भनेर पठाको होइन । तर यो रानी पोखरीको पूर्ननिमाणमा मेरो कदमप्रति नेपाली कांग्रेस सकारात्मक नै छ । अब मेयरले मेरो कदममा कदम मिलाउनु पर्छ । जनता यसको बिपक्षमा छन्, मेयर एक्लैले सांस्कृतीक सम्पदा मासेर पुर्खाको अपमान गरेको हेर्न म सक्दिन । नेपाली कांग्रेस पुर्खाको सम्पति कहीले पनि मास्न चाहदैन् भन्ने कुरामा सबैजना प्रस्ट हुन बाकी छ ।’

रानी पोखरीमा उपमेयर खड्गीसंगै वडा अध्यक्ष भाईराम खड्गी लगायत दर्जनौ नेपाली कांग्रेसका कार्यकर्ताहरु, संचारकर्मी महानगरका कर्मचारीहरुको उपस्थितमा रानीपोखरी गेटमा ताला लगाएको थिए ।

विशेष