विदेश

पाकिस्तानमा मृत्युदण्ड सुनाईएका जाधवलाई परिवारसँग भेट्न अनुमति, को हुन् जाधव

पाकिस्तानमा मृत्युदण्ड सुनाईएका जाधवलाई परिवारसँग भेट्न अनुमति, को हुन् जाधव


काठमाडौं । पाकिस्तानमा जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नागरिक तथा पूर्व नौसेना अधिकारी कुलभूषण जाधवलाई उनको परिवारका सदस्यहरुसँग भेट गर्न दिइएको छ।

उनलाई दिइएको मृत्युदण्डको फैसलाका कारण पाकिस्तान र भारतबीच उत्पन्न विवादका माझ सोमबार जाधवले पाकिस्तानी राजधानी इस्लामावादमा आफ्नी आमा र श्रीमतीलाई भेटे।

सन् २०१६ को मार्चमा पाकिस्तानले जाधवलाई बलोचिस्तानबाट पक्राउ गरेको बताएको छ। उनीमाथि लागेका आरोपहरु स्वीकार गरेको भन्दै पाकिस्तानले जाधवका केही भिडिओहरु पनि सार्वजनिक गरेको छ।

सो क्षेत्रमा पृथकतावादी विद्रोहीहरु सक्रिय रहँदै आएका छन् र ती विद्रोहीहरुलाई भारतले समर्थन गर्ने गरेको आरोप इस्लामावादले लगाउँदै आएको छ।

पाकिस्तानको सैन्य अदालतले जासुसी र उग्रवादी मामिलासंग जोडेर यसै वर्षको अप्रिलमा उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर भारतले भने उनी इरानमा हुँदा पाकिस्तानले उनलाई अपहरण गरेको र ूबनावटी अभियोगहरुू मा उनीमाथि मुद्दा चलाएको तर्क प्रस्तुत गर्दै आएको छ।

को हुन् कुलभूषण जाधव?

४६ वर्षीय जाधव मुम्बईका बासिन्दा हुन्।
उनी मुम्बई प्रहरीका सेवानिवृत्त अधिकारी सुधीर जाधवका छोरा हुन्।
पूर्व नौसेना अधिकारी रहेका उनी नौसेनामा कैयौँ वर्षसम्म कार्यरत रहे।
परिवारका अनुसार उनले नौसेनाको जागिर आफ्नै व्यवसाय शुरु गर्नका लागि छाडेका हुन् र उनले इरानको चाबहार बन्दरगाहमा काम गरिरहेको थिए।

विशेष