News

विवादपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

विवादपछि रानीपोखरी पुनःनिर्माणको काम अघि बढ्न सकेन

काठमाडौं, पुस १२ । आपसी विवादपछि काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन ।

विवादको विषयमा थप छलफल भइ सहमति भएपछिमात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी गराए ।

गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माणकार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि काम अघि बढ्न नसकेको हो ।

विवादपछि रोकिएको पुनःनिर्माणको काम सन्चालन गर्नेक्रममा विवादको विषयलाई चुलिन नदिन पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग बसेर छलफल गरी अघि बढ्ने प्रमुख शाक्यको भनाइ छ ।

प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्देशन दिइरहँदा उता उपप्रमुख खड्गीले नियमविपरीत निर्माण भएको भन्ने कुरा उठान गरिरहेकी छन् ।

सम्झौताअनुसार गत कात्तिक मसान्तसम्ममा पहिलो चरणको बाहिरी पर्खाल लगाउने काम सम्पन्न गरिसक्नुपर्ने भएपनि यस्तै विवादका कारण उक्त कामसमेत पूरा हुन सकेको छैन ।

वि।सं। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको वि।सं। २०७२ माघ २ मा राष्ट्रपतिबाट शिलान्यास भइ पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो ।

वि।सं। १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन खोलिएको इतिहासमा उल्लेख छ ।

विशेष