News

नाका खुलाउन चीनद्वारा सुरक्षा योजना माग

नाका खुलाउन चीनद्वारा सुरक्षा योजना माग

सिन्धुपाल्चोक । चार वर्ष अघिदेखि पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत चिनियाँ अधिकारीले दिएका छन् । नेपाल र चीन बीचका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनियाँ अधिकारीले नाका खुल्ने संकेत दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभएको छ ।

ज्वाइन्ट कमाण्ड मेकानिजम एग्रिमेन्ट नेपालले पूरा गरे नाका केही महिना भित्रै खोल्ने चिनियाँ पक्षका पोलिटिकल कमिसार कर्णेल वाङ जिन ट्याङ्ग ग्वीले बताउनुभएको प्रजिअ तामाङले भन्नुभयो । तातोपानी नाकामा संयुक्त सुरक्षा योजनाबारे नेपालले प्रतिबद्धता गरे नाका खुलाउनेतिर चिनियाँ लाग्ने ग्वीको भनाई उद्धृत गर्दै प्रजिअ तामाङले जानकारी दिनुभयो ।

संयुक्त सुरक्षा योजनाबारे केन्द्रीय सरकारलाई जानकारी गराई टोलीको नेतृत्व गर्नुभएका प्रजिअले यसमा केन्द्रको निर्देशन चाहिने जानकारी दिएको बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।

विशेष