News

म्याडम हारे पनि उठाउनै मस्त

म्याडम हारे पनि उठाउनै मस्त


काठमाडौं । कामचलाउ सरकाको भरमा देश चल्दा कस्तो भद्रगोल हुन्छ भने, चौधरी ग्रुपले वैदेशिक लगानी भित्राउने स्वीकृतिका लागि उद्योग मन्त्रालयमा फाइल पेश गरेको महिनौं भइसक्यो । फाइल एकातिर कर्मचारी अर्कोतिर ।

उद्योगमन्त्री सुनीलबहादुर थापाले केही दि अघि महानिर्देशक शकर अर्याललाई बोलाएर थर्काए । अहिले विनोद चौधरी कांग्रेसका समानुपातिक उम्मेदवार छन् । तर सरकार उनीहरुको बन्दै छैन । कर्मचारी न परे ओरालो लागेकालाई किन टेर्थे । त्यसमाथि महानिर्देशक कस्ता परे भने गतिलासँग संगतै नगर्ने ।

उता आजभोलिमै सरकार छाड्नुपर्ने भएपछि सडक विभागमा प्रमपत्नी आरजु र उनका भाइ भुषण राणा मिलेर अत्याचार गर्दैछन् । सार्वजनिक खरिद नियमावलीको व्यवस्थापनलाई तलमाथी पारेर एक खर्ब ८४ अर्बको ठेक्का स्वीकृत गराइएको छ । ६ वटा ठेकेदारले मात्र लिन पाउने गरी नियम बनाइएको हो । –जनआस्था साप्ताहिकबाट

विशेष