विदेश

सुटकेसमा ‘पेन किलर’ फेला परेपछि ब्रिटिश महिलालाई जेल

सुटकेसमा ‘पेन किलर’ फेला परेपछि ब्रिटिश महिलालाई जेल

कायरो । इजिप्टमा एक ब्रिटिश महिलालाई ‘पेन किलर’ दुखाइ कमगर्ने औषधि राखेको आरोपमा तीन वर्ष जेल सजाय तोकिएको छ ।

लाउरा प्लम्मर नाम गरेकी ३३ वर्षीया ती महिलाको सुटकेशमा पेन किलरको ३०० ट्याबलेट फेला परेको थियो । ट्रेमाडल नाम गरेको सो औषधि फेला परेपछि उनलाई ९ अक्टोबरमा इजिप्ट प्रहरीले गिरफ्तार गरेको थियो ।

इजिप्टमा यस प्रकारको औषधि प्रतिबन्धित छ । लाउराका अनुसार बेलायतमा उक्त औषधि वैध मानिएकाले बोकेकी थिइन् । उनलाई उक्त औषधि एक मित्रले दिएका थिए ।

बेलायतमा प्रतिबन्धित भएका कारण उनले ती औषधी लुकाउनसमेत चाहेकी थिइनन् । तर इजिप्टको कानुनमा भएको व्यवस्थाबारे उनलाई जानकारी नभएको परिवारजनको भनाइ छ ।

लाउरालाई दिइएको सजायप्रति ब्रिटिश सांसद कार्ल टर्नरले दुःख व्यक्त गरेका छन् । बेलायतको विदेश तथा राष्ट्रमण्डल कार्यालयका प्रवक्ताले भने, ‘लाउरा र उनको परिवारलाई पुरा सहयोग गरिनेछ, हाम्रो दुतावास इजिप्टका अधिकारीहरुसँग नियमित सम्पर्कमा छन् ।’

विशेष