News

जुवाडे भन्सारका सुब्बा पुगे प्रहरी खोरमा

जुवाडे भन्सारका सुब्बा पुगे प्रहरी खोरमा

रसुवा । रसुवाको टिमुरेमा सञ्चालित होटल तथा मेसमा तास खेलिरहेका रसुवा भन्सारका सुब्बासहित १५ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रसुवा भन्सारका सुब्बा, व्यापारी तथा सवारी चालक रहेका छन्। तास खेलिरहेको सुराकीको आधारमा होटलबाट ८ जना र मेसबाट ७ जना प्रक्राउ गरेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ।

पक्राउ परेकालाई अहिले प्रहरी चौकीमा नै राखिएको छ। उनीहरुबाट २१ हजार नगदसमेत बरामद गरेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

विशेष