News

तस्करीको सुनसहित विमानस्थलबाट एक युवक पक्राउ

तस्करीको सुनसहित विमानस्थलबाट एक युवक पक्राउ


काठमाडौं । तस्करीको सुनसँग विमानस्थलमा एक युवक पक्राउ परेका छन् । बिदेशबाट आएका यात्रुसँग सुन संकलन गरिरहेका सुनसरीको बराह नगरपालिका–११ घर भएका २६ वर्षीय मोहम्मद खुसिद अन्सारीलाई प्रहरीले ९० ग्राम सुनसहित पक्राउ गरेको हो ।

बैदेशिक रोजगारबाट फर्किएका कामदारलाई प्रयोग गरी उनले सुन तस्करी गराएको प्रहरीले जनाएको छ। बिदेशबाट फर्कदा ५० ग्रामसम्म काँचो सुन ल्याउन पाइने भएकाले त्यही सुविधाको दुरुपयोग गरी कामदारहरुलाई प्रयोग गरी तस्करी हुने गरेको छ।

विशेष