देउवाले बोलाए कांग्रेस केन्द्रिय समितिको बैठक, यस्ता छन् एजेण्डा

देउवाले बोलाए कांग्रेस केन्द्रिय समितिको बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको वैठक शुक्रवार बस्ने भएको छ।

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो।

बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने बताइएको छ। निर्वाचनमा काँग्रेसले स्थिति कमजोर भएपछि समिक्षाको लागि पार्टीका नेताहरुले केन्द्रीय समितिको वैठक बोलाउन माग गरेका थिए। उनीरुले वैठकले पार्टीका एजेण्डा र नीतिका बारेमा छलफल गर्न महासमिति वैठक वोलाउन पनि माग गरेका छन्।

कतिपय नेताहरुले विशेष महाधिवेशनको समेत माग गरेका सन्दर्भमा यो वैठकलाई काँग्रेस कार्यकर्ताहरुले अर्थपूर्ण रुपमा लिएका छन्।

संम्बधित खबर

विशेष