विदेश

काबुलमा फेरि विस्फोट ४ जनाको मृत्यु

काबुलमा फेरि विस्फोट ४ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

बिहीवार बिहान भएको विस्फोटनमा अन्य ६ जना घाइते भएका छन् । विद्यार्थीहरुको भीड जम्मा भएको समयमा उक्त विस्फोट भएको एक जना अफगानी अधिकारीले बीबीसीलाई बताएका छन् । उनले आत्मघाती हमलाकारीले सो आक्रमण गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैनन् । तर हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ । गएको अक्टोबरमा एउटा मस्जिदमा भएको हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।

विशेष