शेयर

यो साता पनि शेयर बजारमा गिरावट

यो साता पनि शेयर बजारमा गिरावट

काठमाडौं । अघिल्लो साताभर घटेको शेयर बजार यस सातापनि पुरै साताभर घटेर बन्द भएको छ ।

२ साताको लगातार गिरावटमा बजारले १०५ अंक गुमाएकामा बिहीबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १०.७३ अंकले घटेर १४१४.७८ अंकमा झरेको छ ।

बिहीबार १६२ कम्पनीका १८ लाख ६१ हजार कित्ता शेयर ८१ करोड रुपैयाँमा कारोबार भयो । बुधबार भने करिब ७६ करोड रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टड बैंकको २२ करोड ८० लाख रुपैयाँको कारोबार भयो । बिहीबार स्ट्याण्डर्ड चार्टड बैंकले घोषणा गरेको शतप्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकोले लगानीकर्ता उक्त कम्पनीमा आकर्षित भएको पाईएको हो ।

share market

विशेष