अख्तियारबाट उपसचिव र शाखा अधिकृत नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारा, काठमाडौंमा कार्यरत उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
उपसचिव भट्टराई र शाखा अधिकृत ढकालले नक्कली कागजात तयार गरी साउदी अरेवियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाई दिने ९नेपालीकरण गर्ने० गरेको भन्ने आधारमा अख्तियारबाट खटिएको टोलीले आज निजहरुलाइ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको हो ।
यसैगरी अख्तियारको टोलीले आजै भूमि सुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुव्वा राजु गौतमले मोही लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम ६ हजार रुपियाँ लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
Akhtiyar