विदेश

सुडानमा साम्प्रदायिक दंगा, २२ मृत्यु १८ घाइते

सुडानमा साम्प्रदायिक दंगा, २२  मृत्यु १८ घाइते

जाबा । दक्षिण सुडानको जोङले राज्यमा विरोधी दुई समुदायबीच भएको झडपमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ।

घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले जानकारी दिएका छन्। जोङले राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले एउटा ठाँउको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताए।

पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने अडान राखेको छ भने अर्को समूहले नाम परिवर्तन गरेर एन्युट राख्नुपर्ने माग गरेको छ।

जोङले राज्यमा लामो समयदेखि जातीय दङ्गा हुँदै आइरहेकाले धेरै हिंसात्मक घटनाहरू भएका छन्। गत महिना भएको जातीय हिंसामा परी यहाँ ५० जनाको मृत्यु भएको थियो।

विशेष