विदेश

सेक्सले सत्यानाश

सेक्सले सत्यानाश

एजेसी । सेक्स गरेपछि भाले मौरीको मृत्यु हुने गरेको धेरैलाई थाहा छ । यद्यपि, यसले मौरीको अस्तित्वलोप गराउने जोखिमउत्पन्नभएको छैन । तर, समुद्रमापाइने एउटा प्रजातिको माछा सेक्सकै कारण लोप हुने जोखिममा पुगेको छ । यस्तो जोखिममा रहेको माछाको प्रजाति हो, गल्फकोर्भिना ।

यस प्रजातिका माछालाई सेक्स गर्ने चाहना भयो भने ठूलो स्वरमा कराएर आफू सेक्सको लागि आतुर रहेको संकेत गर्छ । आवाज सुनेर विपरीत लिंगी माछाले कराउने माछाको आतुरी बुझ्छ र हानिएर उ भएकोतिर जान्छ । सेक्स पार्टनरलाई आमन्त्रण गर्ने यही शैलीका कारण अहिले समुद्रमा यो प्रजातिका माछाको अस्तित्वलोप हुने खतरामा पुरेको छ । माछाले पानीभित्र कराएको बाहिरसम्म सुनिन्छ, बेलायती पत्रिका डेलीमिररले लेखेको छ, आवाज सुनेपछि माछा मार्नेहरुले आवाज आएको ठाँउमै जाल फयाक्छन् र माछालाई जालमा पार्छन् ।

कराएर आफू भएको ठाँउको जनाउ दिने भएकाले यो प्रजातिको माछा मार्न निकै सजिलो हुन्छ । यी माछाले निकाल्ने आवाज यतिचर्को हुन्छ कि यसले छेउछाउमा रहेका डल्फिनको कान बिगारेको समेत पाइएको छ ।

सान डिएगो विश्वविद्यालयका जल जीवनसम्बन्धी विशेषज्ञ टिमोथी रोवेलका अनुसार यो प्रजातिको माछाको संख्या हरेक वर्ष कम भइरहेको छ । हरेक वर्ष जालमा पर्ने यो प्रजातिका माछाको संख्या घटिरहेको छ, उनले भने, ठूलो स्वरमा कराउने स्वभाव काकारण बढी जालमा पारिने भएकाले उनीहरुको संख्या घटेको हो ।

विशेष