विदेश

बारमा आगलागी पन्ध्रको मृत्यु

बारमा आगलागी पन्ध्रको मृत्यु


मुम्बई । भारतको मुम्बईस्थित एक बारमा भएको आगलागीमा पन्ध्र जनाको मृत्यु भएको छ ।

मुम्बईको लोअर परेल क्षेत्रको एक बारमा आगलागी हुंदा पन्ध्र जनाको मृत्यु तथा पन्ध्र जना घाइते भएका हुन् । मृत्यु हुनेमा १२ महिला र तीन पुरुष रहेको बताइएको छ ।

कमाल मिल्स परिसरको एक बिल्डिङको माथिल्लो तल्लामा रहेकोको मोजोस लाउन्जमा आगलागी भएको हो । घाइते मध्ये अधिकांशको स्थिती गम्भिर रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राति साढे बाह्र बजे लागेको आगलागी केही घण्टामा नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भइ आगलागी भएको भनिएपछि यसबारे थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

विशेष