News

पुस २७ गते सार्वजनिक बिदा

पुस २७ गते सार्वजनिक बिदा

काठमाडौं– पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । शुक्रबार विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बिदाबारे स्पष्ट पारेको हो ।
एक महिनाअघि नै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिका दिन बिदा दिने निर्णय गरेको थियो । सोही अनुसार राजपत्रमा सूचना प्रकाशित गरी बिदा दिन सबैतिर पत्राचार भएको गृह मन्त्रालयले जनाएको छ ।

विशेष