News

'एआईजी' थप्न सशस्त्र प्रहरीमा दौडधुप

'एआईजी' थप्न सशस्त्र प्रहरीमा दौडधुप

काठमाडौं । सशस्त्र प्रहरीले पाँच एआईजी थप गर्न गृह मन्त्रालयमा दबाब तीव्र पारेको छ। सशस्त्र प्रहरीले नेपाल प्रहरीको जस्तै सातै प्रदेशमा रहने बाहिनीको नेतृत्वका लागि एआईजी थप्न ‘लबिइङ’ गरेको हो।

गृह मन्त्रालयले प्रदेशस्तरमा प्रहरीको बाहिनी राख्ने संरचना बनाएको थियो अहिले बाहिनीको नेतृत्व डीआईजीले गरिरहेका छन्। सशस्त्रले भनेजस्तै भए ५ डीआईजी थपिनेछन्। अहिले ६ एआईजी छन्। सशस्त्र प्रहरीका एक उच्च अधिकारीका अनुसार केही डीआईजीले आफ्नो ‘करिअर’ उकास्ने नाममा एआईजी थप्न महानिरीक्षकमाथि दबाब बढाइरहेका छन्।

स्रोतका अनुसार महानिरीक्षक सिंहबहादुर बस्नेत पनि नेपाल प्रहरीमा जस्तै सातै प्रदशेमा एआईजीको नेतृत्वमा कार्यालय खोल्ने र त्यसका लागि एआईजी थप्ने पक्षमा देखिन्छन्। स्रोतका अनुसार एआइजी थप्ने पक्षमा निर्वाचनअघिदेखि नै राजनीतिक दबाब बढाइएको थियो। असारको अन्तिम साता गृह मन्त्रालयले नेपाल प्रहरीमा एआईजीको संख्या बढाएर ११ पुर्‍याएको थियो। त्यसपछि पनि बढुवामा चित्त नबुझेको भन्दै १५ पुर्‌याएको थियो। – कान्तिपुर दैनिकबाट

विशेष