विदेश

रसियाका राष्ट्रपति पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता

रसियाका राष्ट्रपति पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता

मस्को । रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले बिहीबार फेरि उम्मेदवारी दर्ता गरेका छन् ।

आउदो वर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धाका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको अधिकारीहरूले बताएका छन्। उनको उम्मेदवारीलाई देशका धेरै राजनीतिज्ञहरु, सार्वजनिक ख्यातिप्राप्त व्यक्ति र खेल क्षेत्रका अगुवाहरूको समर्थन रहेको छ। पुटिनले केन्द्रीय निर्वाचन आयोगमै पुगेर आफ्नो राहदानी र आवश्यक पर्ने कागजातसमेत बुझाए । रसियामा तानाशाही जोसेफ स्टालिनले सबैभन्दा धेरै समय शासन गरेका थिए भने त्यसपछि धेरै समय शासन गर्ने पुटिन नै हुन्। लामो समय रसियाको सत्ताको नेतृत्व गरेका ६५ वर्षीय पुटिनले अहिलेको निर्वाचनमा पनि विजयी भए आफ्नो कार्यकाल २०२४ सम्म लम्ब्याउनेछन् ।

यसपटक पनि ख्यातिप्राप्त व्यक्ति, राजनीतिज्ञ र खेल क्षेत्रका अगुवाहरु गरी झन्डै ६ सय जनाले पुटिनको उम्मेदवारीका लागि एकै ठाँउमा भेला भएर समर्थन जनाएका थिए।

यसै हप्ताको सुरुमा निर्वाचन अधिकारीहरुले प्रमुख प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई उम्मेदवार बन्न अयोग्य ठहर गरेका थिए। उनीहरुको निर्णयलाई नेता एलेक्सीले भने राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर गरिएको निर्णयको संज्ञा दिएका छन्।

विशेष